जनता टाइम्स

२ आश्विन २०७८, शनिबार २३:११

कमेडी च्याम्पियन सिजन–२ को विजेता बने भरतमणि पौडेल


काठमाडौं । कमेडी च्याम्पियन सिजन–२ को विजेता भरतमणि पौडेल बन्न सफल हुनुभएको छ ।शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएको आधारमा उहाँलाई विजेता घोषित गरिएको हो । भरतमणिले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ प्राप्त गर्नुभएको छ । यस्तै सेकेन्ड रनरअप सन्तोष थापा हुनुभएको छ । उहाँले स्कुटर प्राप्त गर्नुभएको छ । यसैगरी फस्ट रनरअप बिक्की अग्रवाल बन्न सफल हुनुभयो उहाँले टीभीएस अपाचेको मोटरसाइकल प्राप्त गर्नुभएको छ ।