काठमाडौं, असोज ३ । आज राति मुलुकका केही स्थानमा भारी वर्षाको संभावना रहेको भन्दै सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले सचेत गराएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार राति प्रदेश १, बाग्मती र गण्डकीका केही स्थान र अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको छ। तर, प्रदेश १, बागमती र गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही धेरै स्थानमा वर्षाको सम्भावना छ । सोमबार राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थान र अन्य प्रदेशका एक-दुई स्थानमा वर्षा आँकलन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्