जनता टाइम्स

३ आश्विन २०७८, आईतवार १७:११

ट्रेण्डिङको सिढींमा उक्लिदै पल शाह र नायिका वर्षा राउतको ‘नयाँ गलबन्दी’


काठमाडौं, असोज ३ । लामो समय नेपाली सांगीतिक क्षेत्रमा रहेर योगदान पुर्याउँदै आउनुभएको गायिका देबिका केसीले नयाँ गीत ‘नयाँ गलबन्दी’ सार्वजनिक गर्नुभएको छ । गीतमा देबिकाको साथमा ‘आइएमई नेपाल लोक स्टार’ का विजेता शनी विश्वकर्माले गायनमा साथ दिनुभएको छ । लोकप्रिय संगीतकार तथा सर्जक शिव हमालको सुमधुर संगीत रहेको गीतमा शब्द हमालकै छ ।

हमालकै युट्युब च्यानलबाट दुई दिनअघि अपलोड गरिएको गीतले ट्रेण्डिङको यात्रा शुरु गरेको छ । ४७ औं स्थानबाट शुरु भएको ट्रेण्डिङको यात्रा उक्लदों क्रममा छ । यो समाचार तयार पारिरहँदा ३३ औैं स्थानमा आउन सफल भएको छ ।
गीतको भिउजको रफ्तारले गीत ट्रेण्डिङको शिर्ष स्थानमा पर्ने संकेत देखाएको छ ।

गीतलाई सकारात्मक कमेन्ट मिलेको छ । अधिकांश कमेन्टमा शब्द, संगीत, एरेन्ज र स्वर सबै पक्षको तारिफ गरिएको छ । स्टार पल शाह र नायिका वर्षा राउतको दमदार अभिनय रहेको ‘नयाँ गलबन्दी’ सुनिल क्षेत्रीले निर्देशन गर्नुभएको हो । गलबन्दीलाई दुर्गा पौडेलले खिच्नुभएको हो भने अमृत चापागाईंले सम्पादन गर्नुभएको हो ।