जनता टाइम्स

३ आश्विन २०७८, आईतवार १८:४३

राष्ट्रिय जनमोर्चाका कर्णाली अध्यक्षसहित सयौं नेता-कार्यकर्ता एमाले प्रवेश, अध्यक्ष ओलीबाट स्वागत


काठमाडौं, असोज ३ । राष्ट्रिय जनमोर्चाको दैलेखको सम्प्र्ण कार्यसमिति सहित कर्णाली प्रदेशका अध्यक्षको टोली एमालेमा प्रवेश गरेको छ । आइतबार काठमाडौंमा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली र दैलेख अध्यक्ष प्रेम थापाको उपस्थितमा राष्ट्रिय जनमोर्चा दैलेखका सयौ कार्यक्रताले एमाले पार्टी सँग एकता गरेका हुन् ।

एमाले प्रवेश गर्नेहरुमा प्रदेश कमिटी अध्यक्ष भरत शाही, जिल्ला कमिटी दैलेखका अध्यक्ष नेपाली, उपाध्याक्ष कविराज खत्री, सचिव सुरजबहादुर रावत, सहसचिव नविन भट्टराई, सल्लाहकार अध्यक्ष तथा पार्टी सेक्रेटरी पूर्णबहादुर शाही, सल्लाहकार सदस्य ओम रावल, जिल्ला कमिटी सदस्य प्रेम तामाङ, कटक बहादुर शाही, अदिल नेपाल महिला संघ जिल्ला उपाध्याक्ष गीता कुमारी खत्री, कानून व्यवसायी संघका केन्द्रीय सदस्य तथा मसालका वैकल्पिक जिल्ला कमिटी सदस्य हस्त रेग्मी रहनुभएको छ ।

नवप्रवेसीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीमा स्वागत गर्नुभयो । जनमोर्चाले वर्गसत्रु मानेको नेपाली कांग्रेसलाई सघाएका कारण सिंगो जिल्ला कमिटी नै एमालेमा गाभिएको उनीहरुले बताएका छन् । नवप्रवेसीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीमा स्वागत गर्नुभयो ।