जनता टाइम्स

४ आश्विन २०७८, सोमबार ११:२६

अनमोल केसी र सुहाना थापाको ‘ए मेरो हजुर ४’ चैत्रमा रिलिज


काठमाडौं, असोज ४ । झरना थापा निर्देशित सिनेमा ‘ए मेरो हजुर ४’ चैत्र २५ गते देखि प्रदर्शन हुने भएको छ । यो सिनेमा पहिला भदौ १८ गते प्रदर्शन हुने भनिएको थियो । कोरोना महामारीको कारण सिनेमाको रिलिज डेट सारिएको हो । निषेधाज्ञाभन्दा अगाडि सिनेमाको सम्पूर्ण छायांकन सकिसकेको छ ।

नयाँ बर्षलाई लक्षित गर्दै निर्माणपक्षले चैत्र २५ गते चलचित्र रिलिज गर्ने तयारी गरेको छ । अनमोल केसी, सुहाना थापा, सलोन बस्नेतको मुख्य भूमिका रहेको यो चलचित्रको पोष्ट प्रोडक्शनको काम धमाधम चलिरहेको छ । सुनिलकुमार थापाको निर्माण रहेको सिनेमा ‘ए मेरो हजुर ४’ लाई सञ्जय लामाले खिचेको हुन् भने मित्र डि. गुरुङले सम्पादन गर्नुभएको छ ।