काठमाडौं, असोज ४ । सर्वोच्च अदालतले प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास कल्पना गर्न नसक्ने जनाएको छ। अधिवक्ता गणेश रेग्मीले दायर गरेको रिटमा न्यायाधीश हरि फुयालको एकल इजलासको आदेशअनुसार सर्वोच्च अदालत प्रशासनका तर्फबाट रजिष्ट्रार नारायण पन्थीले लिखित जवाफ पेश गर्दै प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास सञ्चालन गर्ने भनी कुनै निर्णय नभएको जवाफ दिनुभएको हो ।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार, सर्वोच्च अदालत र न्यायपरिषदको लिखित जवाफ पेश भएपनि कानुन व्यवसायी परिषदको लिखित जवाफ पेश नभएकाले मुद्दाको पेशी तोकिएको छैन। अधिवक्ता रेग्मीले दर्ता गरेको मुद्दामा न्यायाधीश फुयालको इजलासले लिखित जवाफ पेश भएको तीन दिनभित्र मुद्दाको पेशी तोक्नु भनी आदेश गरेको थियो।













प्रतिक्रिया दिनुहोस्