काठमाडौं, असोज ५ । नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाले राजनीतिबाटै सन्याश लिने योजना अघि बढाउनु भएको छ । एमाले बिभाजन गरी नयाँ पार्टी गठन गर्नुभएका माधवकुमार नेपाललाई साथ दिनुभएका खतिवडाले आगामी चुनावमा एमाले भन्दा ठूलो पार्टी बनाउन नसके राजनीतिबाट सन्यास लिने घोषणासहित यस्तो योजना अघि सार्नुभएको हो ।
अब आउने चुनावमा एमाले भन्दा समाजवादी पार्टी ठुलो नभए म राजनीतिबाट सन्यास लिनेछु, बिरोधले दोहोर्याई तेहेर्याएर भन्नुभएको छ । पछिल्लो पटक उहाँले शुक्रबार एक टेलिभिजन अन्तर्वार्तामा यस्तो घोषणा गर्नुभयो । ‘हेर्नुहोला, आउने चुनावमा केपीको पार्टीभन्दा हाम्रो पार्टी ठूलो हुन्छ, ठूलो भएन भने विरोध खतिवडाजी तपाईँले त मेरो कार्यक्रममा राजनीतिबाट सन्यास लिन्छु भन्नुभएको थियो भनेर सोध्नुहोला, म सन्यास लिन्छु,’ खतिवडाको भनाई छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,प्रचण्डको निगाहमा अध्यादेशमार्फत २० प्रतिशत कायम गराई दल गठन गर्नुभएका माधवका हस्ती खतिवडाको यो भनाईलाई उहाँकै जिल्लावासी मतदाताले भने अव सन्यास लिने योजनाको रुपमा यो भनाईलाई बुझेका छन ।
एमाले भन्दा ठूलो पार्टी त होइन, एमालेको हाराहारीमा १० प्रतिशत पनि पुग्दैन भन्ने उहाँलाई थाह छ, त्यसैले अव सिधै राजनीतिबाट सन्यास लिने नभनी एमाले भन्दा ठूलो दल भएन भने सन्यास लिन्छु भनेर खतिवडाले आप्नो योजना अघि सार्नुभएको मतदाताको बुझाइ छ । २०४८ सालदेखि सांसद रहनुभएका माधव र झलनाथले २० बर्ष पार्टीको नेतृत्व गर्दा एक पटक पनि मन्त्री बनाउनु भएन । यसपटक भने माधवले मन्त्री बनाउने गरी खतिवडालाई एमालेबाट आफूतिर लैजानु भएको हो ।













प्रतिक्रिया दिनुहोस्