जनता टाइम्स

५ आश्विन २०७८, मंगलवार १२:२२

संबिधानसभा सदस्यसहित माओवादीका प्रभावशाली नेता एमाले प्रवेस


काठमाडौं, असोज ५ । नेकपा माओवादीका नेता तथा मकवानपुरबाट २०६४ सालको पहलिो संवधिानसभामा नर्विाचति सभासद दिलबहादुर घसिङि (फुर्वा) सहित नेकपा माओवादी केन्द्रका नेतहरु एमाले प्रवेश गर्नुभएको छ ।

फुर्वा पछल्लिो समय मोहन वैद्य नेतृत्वको माओवादीमा आवद्ध घसिङिसँगै मकवानपुरकी माओवादी नेता वरिना बल तामाङ, राजेश गहतराजलगायतका नेता आज एमाले प्रवेश गर्नुभएको हो । उहाँहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभएको छ । माओवादी जनयुद्धमा लाग्नुभएकी नेतृ बरिना पछिल्लो समय उहाँ सफल उद्यमीका रुपमा परचिति हुनुहुन्छ ।

नवप्रवेसीहरुलाई स्वागत गर्दै एमाले अध्यक्ष ओलीले नेकपाबाट प्रचण्ड माओवादीको एउटा हस्सिा अलग भए पनि अहिलेको एमाले नेकपाकै निरन्तरता रहेको र माओवादीमा रहेका असल र इमान्दार कार्यकर्ता एमालेमै समाहित भएको बताउनु भयो । नवप्रवेशीलाई महासचिव ईश्वर पोखरेल, सांसद कृष्णप्रसाद दाहाल, मकवानपुरका एमाले नेताहरू हिदम लामा र महेश बर्तौलाले स्वागत गर्नुभएको थियो ।