जनता टाइम्स

५ आश्विन २०७८, मंगलवार १३:०५

मौलिकता बोकेको गीत शक्ति चन्द र विष्णु माझीको ‘स्याउला’ बजारमा (भिडियोसहित)


काठमाडौं, असोज ५ । गायिका विष्णु माझीको पछिल्लो गीत ‘स्याउला’ बजारमा आएको छ । प्रतिभाशाली गायक शक्ति चन्दले ‘स्याउला’मा विष्णु माझीलाई स्वरमा साथ दिनुभएको छ । चन्द्र परियारको शब्द तथा संगीतमा रहेको गीत ‘स्याउला’लाई राजधानीको सामाखुशीस्थित ट्रान्जिट रेष्टुरेन्ट तथा थकाली भान्छाघरको हलमा कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको हो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष चन्द्र शर्माको प्रमुख आतिथ्यतामा ‘स्याउला’ गीतको अडियो–भिडियो सार्वजनिक गरिएको थियो ।

गीतको संगीत संयोजन कृष्ण विक भान्जाको रहेको छ भने मिक्सिङ कुमार रानाको रहेको छ । भिडियोको छायाँकन करण चैंसिरको रहेको छ भने सम्पादन तथा कलरको काम निर्देशक राजकुमार मगरले नै गर्नुभएको छ । भिडियोलाई गायक शक्ति चन्दको अफिसियल यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।