जनता टाइम्स

५ आश्विन २०७८, मंगलवार १७:३७

उजुरीपछि चिकित्सा शिक्षा आयोगले निकाल्यो पूर्वमनोनयनको नयाँ सूची (सूचनासहित)


काठमाडौं, असोज ५ । चिकित्सा शिक्षा आयोगले पूर्वमनोनयनका लागि छात्रवृत्ति तथा विदेशी कोटाको म्याचिङ लिष्ट पुनः प्रकाशित गरेको छ । उजुरी परेपछि आयोगले पुनः प्रकाशित गरेको हो ।

यसअघि आयोगले भदौ २८ गते पूर्व मनोनयनको सूची प्रकाशित गरेको थियो तर त्यस सूचीमाथि उजुरी परेपछि आयोगले अर्को सूचना निकालेको हो । उक्त सूचनामा विएस्सी नर्सिङ, विएन लगायतका केही विषयका सूची र केही विदेशी कोटाको र्‍याङ्कमा गडबडी देखिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार असोज ७ गते साँझ ५ बजेभित्र मनोनयनमा परेका उम्मेदवारहरुले सहमति वा असहमति जनाउन सक्नेछन ।