जनता टाइम्स

६ आश्विन २०७८, बुधबार १३:१२

आमा बनिन् अभिनेत्री प्रियंका, छोरी जन्माएपछि बधाई दिनेको ओइरो


काठमाडौं, असोज ६ । अभिनेत्री प्रियंका कार्कीको आमा बन्नुभएको छ । नायिका कार्कीले छोरीलाई जन्म दिनुभएको हो । सामाजिक संजाल फेसबुकमा २ तस्वीर पोष्ट गर्दै प्रियंकाले आफू आमा बनेको उल्लेख गर्नुभएको छ । प्रियंकाले यो सुन्दर संसारमा छोरी आयंका कार्की जोशीलाई स्वागत छ भनेर लेख्नुभएको छ ।

तस्वीरमा प्रियंका र आयुष्मान देशराज जोशी खुशी देखिनुभएको छ । यसअघि नायिका प्रियंका र नायक आयुष्मान देशराज जोशीले वि.सं. २०७६ साल फागुण १६ गते बिबाह गर्नुभएको थियो । सामाजिक सञ्जालमा कार्कीलाई बधाई तथा शुभकामना दिनेको पनि भिड लागेको छ ।