जनता टाइम्स

६ आश्विन २०७८, बुधबार १९:४२

शंकर पोखरेलले राखे चुनावसम्म प्रचण्ड र माधवको पार्टी सून्यमा झर्ने यस्तो तथ्य


नेपालगञ्ज, साउन ६ । मुलुकको बिकासका लागि सफल दिशामा अगाडि बढेको व्यक्तिलाई आरोप लगाएर एकता तोड्ने प्रयास प्रचण्डले गर्नुभएको पनि पोखरलले बताउनुभयो । सर्वोच्च अदालतको फैसलापछि पनि एकताका लागि अध्यक्ष ओलीले आग्रह गर्नुभएको तर प्रचण्डले अस्वीकार गर्नुभएको नेता पोखरेलले भनाई थियो ।

नेपालको राष्ट्रियता, स्वाधिनताका पक्षमा द‍ृढतासाथ उभिने कोही छ भने त्यो एमाले अध्यक्ष केपी शर्मा ओली मात्र रहेको पनि उहाँले बताउनुभयो । केपी ओलीले पानीजहाज,सुरुङमार्ग, रेलसहित विकास र समृद्धिका कुरा गर्दा ठूला भनेका नेताले मजाक उडाएका पोखरेलले बताउनुभयो ।

राष्ट्रवादी र विकासप्रेमी नेता केपी ओलीकै कारण माओवादी जोगिएको पनि पोखरेलले बताउनुभयो । ‘केपी ओलीलाई अगाडि सारेर ओरालो लागेको माओवादीले वैतर्नि तर्न कोशिस गर्‍यो, हामीले पनि माओवादीसँग चुनावी तालमेल गर्यौं, जनताले विश्वास गर्नुभयो, करिब दुई तिहाइको हाराहारीमा जनताले जिताइदिनुभयो,चुनाव त हामीले एक्लै जितेका थियौं स्थानीय तहमा, तर नेपालको वामपन्थी आन्दोलनलाई एकताबद्ध गर्ने उद्देश्यसाथ एकता गर्‍यौं,’ पोखरेलले भन्नुभयो।

माओवादीसँग एकता गरेपछि छलफल र विचार विमर्श गर्न नपाएको उहाँले बताउनुभयो । ‘एमालेको भविष्य सिध्याउन पुष्पकमल दाहाल प्रचण्डले युद्धकालको नीतिलाई एमालेको नेतृत्वलाई विभाजित गर्ने काम गर्नुभयो, माधव नेपालको टाउकोमा टेकेर केपी ओलीको टाउकोमा हिर्काउने कोशिस गर्नुभयो, केपी वलीले प्रचण्डको चाल बुझेर यसरी कदम चाल्नुभयो माधव नेपाल त पछारिनुभो पछारिनुभो प्रचण्ड पनि पछारिनुभो, उहाँहरु सडकमा पुग्नुभयो,’ पोखरेलले भन्नुभयो ।