काठमाडौं, असोज ७ । एमाले उपमहासचिव घनश्याम भुसालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कठोर जवाफ फर्काउनु भएको छ । उपमहासचिव भुसालले एमालेको चिन्ता नलिन र आफ्नै पार्टीलाई राम्रो बनाउन भन्दै प्रचण्डलाई ट्वीटमार्फत कडा जवाफ फर्काउनु भएको हो ।
प्रचण्डमा पछिल्लो समय एमालेप्रति प्रचण्डको चिन्ता बढेको भन्दै भुसालले एमालेको चिन्ता नलिइ आफ्नै पार्टी राम्रो बनाउन सुझाव दिनुभएको छ । ‘कमरेड प्रचण्ड, हाम्राबारे तपाईंको चिन्ता अत्यधिक देखिन थाल्यो । हाम्रो पार्टी हामीले नै बनाउछौ। तपाईंले आफ्नै पार्टी राम्रो बनाएको देख्न चाहन्छौं,’ उपमहासचिव भुसालले भन्नुभएको छ।












प्रतिक्रिया दिनुहोस्