काठमाडौं, असोज ७ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पदाधिकारीमा सुदुरपश्चिम प्रदेशलाई बाइकट गरेको छ । पहिलो केन्द्रीय कमिटी बैठकमार्फत पार्टीको सांगठानिक संरचना तय गर्ने क्रममा सो पार्टीले सुदुरपश्चिम प्रदेशबाट प्रतिनिधित्व नै नगराई बाइकट गरेको हो ।
अध्यक्ष नेपाल नै सुदुरपश्चिम प्रदेशबाट आफूले अघि बढाएका नेता भीम रावलले धोको दिएको र सुदुरपश्चिमका सवै नेता रावल जस्तै हुने भन्दै १८ सदस्यीय पदाधिकारी बनाउँदा पनि सुदुरपश्चिमबाट कसैलाई समावेश नगर्नुभएको हो । भुगोलको सन्तुलन मिलाउनु पर्छ भन्ने जोडदार कुरा उठ्यो तर माधवले सवै भीम रावल जस्तै धोकेवाज हुन्छन भनेर मान्नुभएन, नेकपा एसका एक नेताले जनताटाइम्ससँग भने । ती नेताका अनुसार बैठकमा अध्यक्ष माधवले सुदुरपश्चिमको नामै सुन्न चाहनुभएन ।
माधवकै अडानअनुसार बरिष्ठ नेतामा झलनाथ खनाल, नेतामा मुकुन्द न्यौपानेलाई राखिएको छ । यसैगरी उपाध्यक्षमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथ शाह, जयन्ती राईलाई तोकिएको छ । महासचिवमा बेदुराम भुसाल, उपमहासचिवमा प्रकाश ज्वाला, गंगालाल तुलाधर, बिजय पौडेल, सचिवमा नागेन्द्र चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्र कुमार राई, रामकुमारी झाँक्रीलाई चयन गरिएको छ । पदाधिकारीमा परेका मुकुन्द र केदार दाजुभाई हुनुहुन्छ ।
यसैगरी नेकपा एसले केन्द्रीय समितिबाहेक सबै तल्ला कमिटीहरूमा दुई उपाध्यक्षको प्रावधान तय गरेको छ भने पूर्ण र वैकल्पिकसमेत गरी ३०१ सदस्यीय केन्द्रीय सदस्य रहने निर्णय गरेको छ । यसैगरी पोलिटब्यूरो ७१ सदस्यीय र स्थायी समिति ३५ सदस्यीय कायम गरेको छ । यस्तै पार्टीका विभागहरू २५ सदस्यीय हुने र १५१ सदस्यीय सल्लाहकार समिति गठन गर्ने निर्णय बैठकले गरेको सचिव तथा प्रचारबिभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्