जनता टाइम्स

८ आश्विन २०७८, शुक्रबार १०:५३

राप्रपाका अध्यक्ष र सचिवसहित तीन सय बढी नेता-कार्यकर्ता एमाले प्रवेश


बाँके, असोज ८ । राप्रपा राष्ट्रिय प्रजातन्त्र पार्टी बाँके क्षेत्र नं ३ का अध्यक्ष राजकुमार योगी आफ्नो सिंगो टीमसहित नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । अध्यक्ष योगी आफ्नो कार्यसमितिका सचिव सरोज थापासहित तीन सय बढी नेता कार्यकर्तालाई लिएर एमाले प्रवेश गर्नुभएको हो ।

एमाले रोज्ने नेता राजकुमार नेपालगन्ज उपमहानगरपालिका वडा नं २० राँझा क्षेत्रमा लोकप्रिय युवा नेता हुनुहुन्छ । नेकपा एमाले जिल्ला कमिटी बाँकेले नेपालगञ्जमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा राजकुमार सहित २० नं वडाका अधिकांश राप्रपाका नेता कार्यकर्ता एमाले प्रवेश गर्नुभएको एमाले नेता कृष्ण कार्कीले बताउनुभयो ।

नवप्रवेसीहरुलाई एमाले लुम्बिनी इन्चार्ज शंकर पोखरेलले स्वागत गर्नुभयो । सो क्रममा उहाँले जनता एमालेको पक्षमा भएका कारण अन्य सबै दल डराएर गठबन्धनका नाममा एकठाउँमा हुन पुगेको बताउनु भयो।