जनता टाइम्स

८ आश्विन २०७८, शुक्रबार ११:०५

माओवादीका प्रभावशाली नेताले रोजे एमाले, प्रचण्डतिर लागेर भविश्य बर्वाद नपार्न अपिल


रामेछाप, असोज ८ । लिखु तामाकोसी गाउँपालिका–७ का माओवादी नेता निरबहादुर बोहोरा आफ्नो टीमसहित एमालेमा प्रवेश गर्नुभएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट तिल्पुङमा वडाध्यक्षको उम्मेदवार बन्नुभएका नेता बोहोरा प्रचण्ड नेतृत्वको माओवादी मुलुक र जनताबिरोधीरहेको प्रमाणित भइसकेको निश्कर्षसहित एमाले प्रवेश गर्नुभएको हो ।

२०७४ को निर्वाचनमा उहाँ एमाले उम्मेदवार सुबास बोहोरासँग पराजीत हुनुभएको थियो । सोही कार्याक्रममा लिखु तामाकोसी गाउँपालिकाका वाईसीएल सहइन्चार्ज रमेश कार्की लगायत एमालेमा प्रवेश गर्नुभएको छ । उहाँहरुलाई एमाले नेता शंकर पोखरेलले एमालेमा स्वागत गर्नुभयो । नेताहरु एमालेमा प्रवेश गरेसँगै लिखु तामाकोसीमा पार्टी थप बलियो भएको वडाध्यक्ष सुबास बोहोराले जानकारी दिनुभयो ।