जनता टाइम्स

८ आश्विन २०७८, शुक्रबार १३:१६

प्रचण्डलाई बादलको खुला चुनौती


चितवन, असोज ८ । नेकपा एमाले स्थायी कमिटीका रामबहादुर थापा बादलले आफूसँग चुनाव लडेर देखाउन माओवादी अध्यक्ष प्रचण्डलाई खुला चुनौती दिनुभएको छ । गृहजिल्ला चितवनमा प्रचण्डले बिहीवार ब्यक्त गरेको अभिब्यक्तिप्रति संकेत गर्दै बादलले आज जवाफ फर्काउनु भएको हो ।

प्रेस चौतारी नेपाल चितवनले आज आयोजना गरेको पत्रकार भेटघाटमा थापाले नेपाली कम्यूनिष्ट आन्दोलनमा प्रचण्ड एक्लिदैं गएको र त्यसैको कारण बर्बराहट बढेको बताउनु भयो । ‘केही दिन यता प्रचण्डजीले ठूला ठूला कुरा गरेको सुन्छु, थापाले भन्नुभयो ‘आउने चुनाव चितवनमा सँगै लडौंला । जनताले कसलाई विश्वास गर्दछन् अनि थाहा होला ।’

एमालेले गरेका १० बुँदे सहमति र २ जेठमा फर्कने निर्णयले आफूलाई कुनै फरक नपरेको पनि थापाले बताउनुभयो ।‘ जेठ २ मा फर्कने कुराले मेरो जिम्मेवारीमा केही फरक पर्दैन,’ थापाले भन्नुभयो ।