जनता टाइम्स

८ आश्विन २०७८, शुक्रबार १३:५६

सेनेटरी प्याडको कर तत्कालै खारेज गर्न अखिलको माग


काठमाडौं, असोज ८ । एमाले बिद्यार्थी संगठन अनेरास्ववियूले सेनेटरी प्याडमा लगाएको भन्सार शुल्क र भ्याट तत्काल खारेज गर्न सरकारलाई चेतवानी दिएको छ । अनेरास्ववियूकी अध्यक्ष सुनिता बराललले आज विज्ञप्ति जारी गर्दै वर्तमान सरकारले सेनेटरी प्याडमा लगाएको १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट तत्काल खारेज गर्न सरकारसँग माग गर्नुभएको हो ।

‘केपी ओली नेतृत्वको सरकारले आर्थिक बर्ष ०७६/०७७ देखि नै सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुको लागि निशुल्क रुपमा उपलब्ध गराउँदै आएको कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै विश्वविद्यालयमा अध्ययनरत छात्राहरुका लागि समेत निशुल्क र अनिवार्य सेनेटर प्याड उपलब्ध हुने व्यवस्था गर्न नेपाल सरकार र सम्बन्धित निकाय समक्ष अनेरास्ववियु जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

बरालले बिज्ञप्तीा सेनिटरी पडमा कर लगाउने कामको भत्र्सना समेत गर्नुभएको छ । ‘सेनेटरी प्याड महिलाको विलासिता नभई आवश्यकता हो । तसर्थ प्रत्येक महिलाले मासिक रुपमा प्रयोग गर्ने सेनेटरी प्याड सर्वसुुलभ र सुपथ मुल्यमा उपलब्ध गराउने राज्यको दायित्व हुनुपर्नेमा कांग्रेस नेतृत्वको वर्तमान सरकारले प्याडमा समेत विलासिताको सामाग्रिमा झै उच्च कर लगाई महिलाहरुको संवेदनशीलताप्रति गरेको बेवास्ता र विभेदप्रति अनेरास्ववियु घोर निन्दा र आपत्ति प्रकट गर्दछ,’ बिज्ञप्तीमा भनिएको छ ।

यस्तो छ विज्ञप्ति

अनेरास्ववियु मुलुकभित्रका विकृति, विसंगति, अनियमितताको विरुद्ध एवम् जनजिविका, राष्ट्रियता र अधिकार प्राप्तिको आन्दोलनको पक्षमा सदैव लड्दै आइरहेको संगठन हो । अनेरास्ववियुले विगतमा गरिएका आन्दोलनको शैलीलाई परिवर्तन गरि अवका आन्दोलनहरुलाई प्राविधिक र रचनात्मक बनाउँदै हरेक क्षेत्र र पक्षहरुमा सरकारी र गैर सरकारी निकायहरुबाट हुने विभेद, अन्याय र अत्याचार, विकृती, विसंगतीको विरुद्ध निरन्तर खबरदारी गर्दै र सचेत गगाउँदै आइरहेको सर्वविदित नै छ । यसै सन्दर्भमा विश्वको करिब चार अर्व र नेपालका करिब एक करोड पचास लाख महिलाले प्रयोग गर्ने सेनेटरी प्याडमा वर्तमान सरकारले लगाएको १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट प्रति अनेरास्ववियुको गम्भिर ध्यानाकर्षण भएको छ ।

वर्तमान परिस्थितिमा सेनेटरी प्याड महिलाको विलासिता नभई आवश्यकता हो । तसर्थ प्रत्येक महिलाले मासिक रुपमा प्रयोग गर्ने सेनेटरी प्याड सर्वसुुलभ र सुपथ मुल्यमा उपलब्ध गराउने राज्यको दायित्व हुनुपर्नेमा कांग्रेस नेतृत्वको वर्तमान सरकारले प्याडमा समेत विलासिताको सामाग्रिमा झै उच्च कर लगाई महिलाहरुको संवेदनशीलताप्रति गरेको बेवास्ता र विभेदप्रति अनेरास्ववियु घोर निन्दा र आपत्ति प्रकट गर्दछ ।

केपी ओली नेतृत्वको सरकारले आर्थिक बर्ष ०७६/०७७ देखि नै सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुको लागि निशुल्क रुपमा उपलब्ध गराउँदै आएको कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै विश्वविद्यालयमा अध्ययनरत छात्राहरुका लागि समेत निशुल्क र अनिवार्य सेनेटर प्याड उपलब्ध हुने व्यवस्था गर्न नेपाल सरकार र सम्बन्धित निकाय समक्ष अनेरास्ववियु जोडदार माग गर्दछ ।

साथै वर्तमान सरकारले सेनेटरी प्याडमा लगाएको १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट तत्काल खारेज गर्न समेत अनेरास्ववियु नेपाल सरकार समक्ष माग गर्दछ ।

हार्दिक अभिवादन सहित !