जनता टाइम्स

१० आश्विन २०७८, आईतवार १५:४५

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण


काठमाडौं, १० असोज ।नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ। ज्वरो, रूघाखोकी लागेपछि उहाँले पिसीआर र एन्टिजेन्ट परीक्षण गर्नुभएको थियो ।

खड्कालाई असोज ८ गतेदेखि रूघाखोकी र ज्वरो आएको थियो। महामन्त्री खड्काले धेरै सतर्कताका बाबजुद पनि आफूलाई कोरोना संक्रमण भएको बताउनुभएको छ । उहाँ सामाजिक सञ्जालमार्फत् आफू कोरोना संक्रमित रहेकोले आफ्नो सम्पर्कमा रहेका सबैमा सतर्कताका लागि अनुरोधसमेत गर्नुभएको छ ।