जनता टाइम्स

१० आश्विन २०७८, आईतवार १७:१०

भोलीदेखि भेरोसेलको पहिलो मात्रा लगाइँदै, यी हुन् खोपकेन्द्र


काठमाडौं, असोज १० । काठमाडौंमा असोज ११ गतेबाट भेरोसेलको पहिलो मात्रा लगाइने भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्री बहादुर खड्काले १८ वर्ष माथिका सबैलाई पहिलो मात्रा लगाइने जानकारी दिनुभयो । यो खोप अभियान ३ दिनसम्म चल्नेछ । उहाँले विद्युतीय दर्ता अनिवार्य गराई खोप लगाउन जान पनि आग्रह गर्नुभएको छ ।