जनता टाइम्स

११ आश्विन २०७८, सोमबार १०:५०

केपी ओली जस्तो नेता अरु छैन भन्दै एमाले प्रवेश गरे कांग्रेसका हस्ती


भक्तपुर, असोज ११ । नेपाली काँग्रेसका पुराना नेता एवं संविधानसभा सदस्य अमृतलाल राजवंसी नेकपा एमाले प्रवेश गर्नुभएको छ । कांग्रेसले बिपीले अघि सार्नुभएको प्रजातान्त्रिक समाजवादलाई कुल्चिएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले अघि सारेको प्रचण्डपथमा हिडेको भन्दै राजबंसी एमालेप्रवेश गर्नुभएको हो ।

उहाँलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास बालकोटमा खादा लगाएर एमालेमा स्वागत गर्नुभयो । कांग्रेसका त्यागी र पुराना नेता राजबंसीलाई स्वागत गर्दै अध्यक्ष ओलीले नयाँ पुराना दुवै प्रकारका राजनीतिकर्मीहरुको आकर्षण एमाले भएको बताउनुभयो । काँग्रेस हुँदा सिकेका राम्रा कुरा एमालेमा उपयोग गर्न र त्यहाँ भएका विसंगी र विकृति उतै छाडिदिन अध्यक्ष ओलीले राजवंसीलाई आग्रह पनि गर्नुभयो । पार्टीका नव प्रवेशीहरुलाई एमालेले उचित जिम्मेवारी दिने ओलीले बताउनुभएको छ ।

नेता राजबंसीले कांग्रैस प्रचण्डपथमा हिडेको, आफूले काँग्रेसमा लामो योगदान गरे पनि त्यसको कहिल्यै मूल्यांकन नभएको, देश र जनताको पक्षमा केपी ओलीको जस्तो अडान अरु कुनै नेतामा नदेखेकोले एमाले प्रवेश गरेको बताउनुभयो । सो अवसरमा एमाले प्रदेश नं १ का अध्यक्ष देवराज घिमिरे, केन्द्रीय सदस्य देवेन्द्र दाहाल, जिल्ला अध्यक्ष चिन्तन पाठकलगायत झापाली नेताहरु सहभागी हुनुहुन्थ्यो ।