जनता टाइम्स

११ आश्विन २०७८, सोमबार १२:११

तालिवानले लगायो कपाल काटन प्रतिबन्ध, यस्तो छ उर्दी


काठमाडौं, असोज ११ । अफगानिस्तानको हेलमन्ड प्रान्तमा तालिबानले दाह्री काट्नमा प्रतिबन्ध लगाएको छ । दाह्री काट्नु इस्लामिक कानुनको उल्लंघन भएको भन्दै तालिबानले रोक लगाउने निर्णय गरेको हो ।

तालिबानको धार्मिक प्रहरीले यो नियम पालना नगर्नेलाई सजाय दिने घोषणासमेत गरको छ । अफगानिस्तानको राजधानी सहर काबुलका केही हजामले पनि आफूहरुलाई यस्तै किसिमको निर्देशन प्राप्त भएको बताएका छन् । यो निर्देशनलाइै अफगानिस्तानमा तालिबानको पुरानो शासन पुनःफर्किएको रुपमा बुझिएको छ । यसअघि तालिबानले यसपटकको तालिबानको शासन पहिलाको जस्तो नहुने र कठोर कानुन लागू नहुने बताएको थियो । तरसत्तामा आएसँगै तालिवानले यस्तो उर्दी जारी गरेको हो ।

शनिबारमात्र तालिबानले व्यवसायीको अपहरणमा संलग्न रहेको आरोपमा चार जनालाई मारेर उनीहरुको शव सार्वजनिक स्थानमा झुण्ड्याएको समाचार आएको थियो ।