जनता टाइम्स

३२ असार २०७९, शनिबार १०:५९

सरकारी कार्यालयमा दिउसै मदिरा पार्टी, फोटो खिच्ने पत्रकारलाई लखेटी-लखेटी ज्यान लिने प्रयाश


चितवन, असार ३२ । नेपाल बिद्युत प्राधिकरण भरतपुर बितरण केन्द्रका कर्मचारीले पत्रकार कृष्ण आचार्यमाथि ज्यान लिने उदेश्यले लखेटी लखेटी ज्यान मार्ने उदेश्यले सांघाति आक्रमण गरेका छन ।

सरकारी कार्यालय भित्र मदिरासहितको भोजभतेर भएको सूचनाका आधारमा समाचार संकलनका लागि पुगेका पत्रकार आचार्यमाथि कार्यालय प्रमुख राजिव सिंहको निर्देशनमा मदिराले मातेका कर्मचारीहरुले ज्यानै लिने गरी आक्रमण गरेका हुन ।

प्रेस चौतारी चितवनले आफ्ना उपाध्यक्षसमेत रहेका पत्रकार आचार्यमाथि भएको सांघातिक आक्रमणको निन्दा र भत्र्सना गर्दै कारवाहीको माग गरिएको छ । शाखा अध्यक्ष सुवास पण्डितद्वारा आज जारी विज्ञप्तिमा ज्यान मार्ने उद्देश्यले गरिएको सांघातिक आक्रमणको निन्दा गरिएको हो ।

विज्ञप्तिमा सरकारी कार्यालय भित्र मदिरासहितको भोजभतेर भएको सूचनाका आधारमा समाचार संकलनका लागि पुगेका पत्रकार आचार्यमाथि कार्यालय प्रमुख राजिव सिंहको निर्देशनमा मदिराले मातेका कर्मचारीहरुले ज्यानै लिने गरी आक्रमण गरेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ “विद्युतका कर्मचारीहरुले आचार्यलाई नियन्त्रणमा लिएर कुटपिट गर्नुका साथै लुगा च्याँतेर अर्ध नग्न बनाएर मोवाइल खोसेका थिए । उनीहरुको पञ्जाबाट फुत्किएर ज्यान जोगाउन गेटतर्फ भाग्दै गर्दा कार्यालय प्रमुख सिंहको आदेशमा गेटसमेत बन्द गरेपछि आचार्य पर्खाल नाघेर नजिकै रहेको चितवन पोष्टको अफिसमा ज्यान जोगाउन पुगेका थिए । पर्खाल नाघेर भागेका आचार्यलाई आक्रमणकारीले गेट खोली लखेट्दै चितवन पोष्ट दैनिकको कार्यालयसम्म पुगेका थिए ।”

आचार्यको जफत गरिएको मोवाइल अहिलेसम्म पनि प्राधिकरणका कर्मचारीहरुको नियन्त्रणमा रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ “दिनभर भरतपुर क्षेत्रका जनतालाई मर्मतको नाउँमा लोडसेडिङ्गमा राखेर कार्यालयमा मदिरासहितको भोजभतेर गर्ने र पत्रकार माथि कुटपिट गर्ने घटनामा संलग्न कर्मचारीलाई तत्काल पक्राउ गरी हदैसम्मको कारर्वाहीको माग गर्दछौं ।”

पत्रकारमाथि कुटपिटको निर्देशन दिने, कुटपिटमा संलग्न कर्मचारी जोगाउने, चितवनवासी जनतालाई दिनहुँ लोडसेडिङ्गमा राख्ने विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीव सिंहलाई विभागीय कारर्वाहीका लागि समेत चौतारीले जोडदार माग गरेको छ ।

आउँदा दिनमा संविधान पदत्त प्रेस स्वतन्त्रताको हकबाट बञ्चित नगर्न, नगराउन सम्वन्धित पक्षको ध्यानार्कषण समेत विज्ञप्तिमा गराईएको छ । प्रेस चौतारी चितवन शाखाका उपाध्यक्ष एवं नारायणी अनलाईन र सञ्चारपत्र दैनिकका संचालक पत्रकार आचार्यलाई शुक्रबार विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको कार्यालय परिसरमै कुटपिट भएको थियो ।

शुक्रबार अपरान्ह कार्यालय भित्रै मदिरा सहितको भोजभतेर गरिरहेको खबर पाएपछि आफू समाचार संकलनका लागि त्यहाँ पुगेको आचर्यले बताउनुभयो । सोही समयमा मदिराले मातेका कर्मचारीहरुले मदिरा सेवन गरिरहेको फोटो किन खिचेको भन्दै आफूमाथि आक्रमण गरेको उहाँले बताउनुभयो ।

५र७ जनाको एक समूहले आक्रमण गर्न थालेपछि पर्खाल नाघेर ज्यान जोगाउन सफल भएको उहाँले बताउनुभयो ।
यसैबीच घटनामा संलग्न कार्यालयका एक जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ । राती ११ बजे एक कर्मचारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।