जनता टाइम्स

१५ फाल्गुन २०७९, सोमबार ०८:४५

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन एजेण्डा


काठमाडौं, फागुन १५ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।

राष्ट्रपति निर्वाचनमा एकल उम्मेदवारी दिएको एमालेले सोही बिषयमा छलफल गर्न र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो अराजक कामबारे समिक्षा गर्नेसमेत एजेण्डा रहेको छ । एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ ।

राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ । राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्री दाहालले सत्ता गठबन्धन छाडेर कांग्रेस नेतृत्वको अर्काे गठबन्धन बनाउनु भएको छ ।