काठमाडौं, फागुन २८
नेपाल प्रहरीले साढे दुई किलोग्राम युरोनियमसहित ४ जनालाई बौद्धबाट पक्राउ गरेको छ । ठूलो परिणाममा युरेनियम नै जफत भएको यो पहिलो घटना भएको प्रहरीले जानकारी दिएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख आइजी हरिबहादुर पालका अनुसार २ सय ३८ क्यारेटको युरेनियम जफत भएको छ भने ४ जना पक्राउ परेका हुन् । १० ग्राम युरेनियम २३५ को मूल्य २० लाख ९ हजार डलर अर्थात् १८ करोड रुपैयाँभन्दा माथि पर्ने बताइएको छ । सो मुल्य अनुसार जफत भएको युरेनियमको मूल्य ५ अर्ब रुपैयाँभन्दा बढी हुन आउँछ ।
राजधानीको बौद्धमा रहेको एउटा घरबाट युरेनियम जफत भएको हो । पक्राउ पर्नेमा ४० वर्षीय नारायण सिंह तामा, ४० वर्षकै जानुका तामाङ, २० वर्षीय प्रकाश चौहान र २० वर्षीय मनोज न्यौपाने रहेका छन् । नारायण सिंह र जानुका रामेछाप लिखु तामाकोशीका हुन् भने चौहान रामेछापकै बागजोरका हुन् । न्यौपाने भने सिन्धुली सुनकोशीका हुन् । पक्राउ परेका अभियुक्तले बयानमा २० वर्ष अघि नै भारतको एउटा खानीबाट युरेनियम ल्याएको जनाएको प्रहरीको दावी छ ।
प्रहरीले विहिवार युरेनियमसहित उनीहरुलाई पक्राउ गरेको हो । पालका अनुसार उनीहरुसँग भेटिएको पदार्थ राष्ट्रिय विधिविज्ञान प्रतिष्ठानको ल्याबमा परीक्षण गर्दा सक्कली पुष्टि भएको बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्