जनता टाइम्स

२२ असार २०७८, मंगलवार १५:२१

एमाले कार्यदलको सहमति भाँडन जनकपुरबाट सिधै माधव निवास पुगे प्रचण्ड


काठमाडौं, असार २२ । भारतका लागि कम्फर्टेवल सरकार बनाउन सवैतिर सेटिङ मिलाउँदै हिडनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ एमालेभित्र सहमति हुन नदिन निकै दौडधुप अघि बढाउनु भएको छ । यहीक्रममा प्रचण्ड एमाले कार्यदलभित्र भएको सहमति भाँडन बरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवास पुग्नुभएको छ ।

एमाले विवाद मिलाउन प्रयासरत कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमाले बरिष्ठ नेता नेपाललाई भेट्न कोटेश्वरस्थित निवास पुग्नुभएको हो । जनकपुरमा अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने घोषणा गरेर काठमाडौं उडनुभएका प्रचण्ड विमानस्थलबाट सिधैँ नेपाल निवास कोटेश्वर पुग्नुभएको हो ।

स्रोतका अनुसार सिंहदरवारमा जारी एमाले कार्यदलको बैठकमा सहमति हुने संभावना रहेको सूचना पाएपछि भाँडनका लागि माधव निवास पुग्नुभएको हो । प्रचण्डले आफू निकट सवैसँग माधवले आफूलाई क्रस गरेर जानै नसकिने बताउँदै आउनु भएको छ ।