जनता टाइम्स

२८ असार २०७८, सोमबार १३:०८

स्थायी कमिटीमा जानुअघि माधव समुहले बोलायो आफू निकटको केन्द्रीय कमिटी बैठक


काठमाडौं, असार २८ । कार्यदलमा भएको १० बुँदे सहमति अनुमोदनका लागि नेकपा एमालेको स्थायी कमिटी बैठक बस्नु अघि माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । आइतबार भएको आन्तरिक सहमतिलाई थप प्रष्ट पार्न साझा धारणा बनाउन टिमको बैठक बस्न लागेको केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले बताउनु भएको छ ।

सहमति लगत्तै नेपाल समूहमा यस विषयलाई लिएर असन्तुष्टि बढेको छ । आजको बैठकमा कार्यदलका सदस्यहरुले सहमतिका बुँदाहरुको व्याख्या गर्ने र त्यसलाई कार्यान्वयन गराउने प्रतिवद्धता व्यक्त गर्नेछन् । उक्त समूहमा विजय पौडेल, बेदुराम भुसार, रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, राजेन्द्र राई, दिलुकुमारी पन्तहरु सहमतिको विरुद्धमा हुनुहुन्छ ।

बैठक सकेर साँझ हुने स्थायी कमिटीमा नेता माधव नेपाललाई पनि साथै लिएर जाने नेताहरुको तयारी छ । नेता नेपाल भने आफ्नै समुहका नेताहरुसँग रिसाएर बस्नुभएको छ । नेकपा एमाले भने पनि कांग्रेस माओवादीबाट बैना लिएका नेताहरु कार्यदलको सहमतिको बिरुद्धमा उभिनुभएको छ । यो सहमतिको पक्षमा भने देशैभरका कार्यकर्ता उभिएका छन ।