चितवन, साउन ९ । सुजिता भण्डारी मृत्यु प्रकरणमा उनैका ठूलो बुवाका छोरा मुछिएका छन् ।चितवन प्रहरीले मृतक भण्डारीका ठूलो बुबाका छोरा नातामा दाइ पर्ने सुकदेव भण्डारीलाई आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ गरेको हो ।
सुजिताकी आमा अम्बिका भण्डारीले सुकदेवविरुद्ध चितवन प्रहरीमा साउन ६ गते उजुरी दिनुभएको थियो । घटनाका मुख्य अनुसन्धान अधिकृत प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले सुकदेव र सुजिताको सम्बन्ध पारिवारिक र दाजु-बहिनीको मात्र नभइ शंकास्पद देखिएको बताउनुभयो । सोही कारण आत्महत्या गरेको प्रहरीको भनाइ छ ।













प्रतिक्रिया दिनुहोस्