काठमाडौं, साउन २६ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई आगो लगाउने धम्की नदिन माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई खुला चुनौती दिनुभएको छ । प्रतिनिधिसभामा नयाँ सरकार गठनलगत्तै प्रचण्डले आगो लगाउने घोषणा गरेकोप्रति जवाफ दिँदै एमाले अध्यक्ष ओलीले यस्तो चुनौती दिनुभएको हो ।
प्रचण्डले आफूलाई संसदमा उभिएर आफूलाई ‘आगो’ को संज्ञा दिएकोमा ओलीले कडा जवाफ दिनुभएको हो । ‘सरकार परिवर्तन हुनेवित्तिकै, अर्को सरकार बन्नेवित्तिकै सत्तापक्षका नेताहरूले यसै रोष्ट्रमबाट भन्नुभयो–होसियार, म आगो हुँ, मसँग नखेल.. नत्र‘ भन्नुभयो । उहाँ आगो हो, डढेलो लगाउनुहुन्छ । यो हामीलाई थाह छ, उहाँलाई पनि थाह होला यस्तो डढेलो निभाउन हामीलाई नि आउँछ । पानी खन्याउनु पर्छ पानी,’ ओलीले भन्नुभयो, ‘एक दुई बाल्टी पानीले नै आगो निभाइ दिएको पनि याद होला नि, हामीलाई धम्की नदिए हुन्छ, त्यस्तो आगो निभाउन पानी खन्याउन हामीलाई राम्रै आउँछ ।’
एमाले अध्यक्ष अोलीले सरकारले एक महिनाको समय खेर फालेको र अबको १४–१५ महिना सरकारले बधाइ र शुभकामना लिएरै व्यतित गर्ने उहाँको भनाई छ । ‘एक महिनाको समय त खेर गयो । बहुत राम्रो गठजोड छ तपाईंहरूको । चारजना मन्त्री लिएर हिँड्नुभएको छ । सबै मन्त्रालय आफूसँग राख्नुभएको छ । मन्त्रालय दिनभर घुमेर पनि भ्याउनुहुन्न । अब १४–१५ महिना शुभकामना र बधाई थाप्दैमा जान्छ तपाईंहरूको,’ ओलीले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्