काठमाडौं, साउन २६ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,प्रचण्ड पुनः माधव नेपालको निवास पुग्नुभएको छ । संसदमा एमाले अध्यक्ष केपी शर्मा ओलीको आक्रामक सम्बोधन र एमाले फर्किएर टाङमुनी नछिर्ने माधवको घोषणालगत्तै प्रचण्ड आज साँझ माधव निवास पुग्नुभएको हो ।
एमाले एकताको सम्भावना सकिएको भनेर नेपाल पक्षले निष्कर्ष निकालेकै बेला शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी भई नयाँ पार्टी गठनको बिषयमा छलफलका लागि प्रचण्ड माधव नेपालको निवास पुग्नुभएको हो । प्रचण्ड र माधव नेपालबीच पछिल्ला केही सातायता दिन विराएर वा दिनहुँ जसो वार्ता भइरहेका छन ।
माधव नेपाल पक्षलाई सरकारमा सहभागी गराउनकै लागि मन्त्रिपरिषद विस्तार समेत प्रचण्डले रोकेर राख्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले एमाले विभाजनका लागि कानूनी प्रक्रियामा सघाउने आश्वासन यसअघि नै दिइसक्नु भएको छ । एमाले अध्यक्ष ओलीले आज संसदबाटै पछिपछि मन्त्री माग्दै आएका आफ्नो पार्टीका मान्छेलाई तत्कालै मन्त्री बनाइ दिन प्रधानमन्त्री देउवालाई सुझाव दिनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्