जनता टाइम्स

११ आश्विन २०७८, सोमबार १६:१७

कांग्रेस उपसभापति र क्षेत्रीय प्रतिनिधि नै एमाले प्रवेश


काभ्रे, असोज ११ ।धुलिखेल वडा २ रबिओपिका उप सभापति र क्षेत्रीय प्रतिनिधिले कांग्रेस पार्टी परित्याग गरि सोमवार नेकपा एमालेमा प्रवेश गरेको छ ।

एमालेले गरेको पार्टी प्रबेश कार्यक्रममा कांग्रेसका उप सभापति उधब घोरसाइने, क्षेत्रीय प्रतिनिधि त्रिलोचन चौलागाईं र आशाकाजी तामाङ लगायतका युवाहरु नेकपा एमालेमा प्रवेश गर्नुभएको हो । यहाँहरुले नेपाली कांग्रेसबाट समाज परिवर्तनको सम्भावना नदेखेपछि एमाले जस्तो जनपक्षीय र जनप्रेमी पार्टीमा प्रवेश गरेको बताउनुभयो । पार्टी प्रवेश गर्नेहरुलाई धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्याञ्जु र उप–मेयर बिमला शर्माले टिका र खाता लगाएर पार्टी स्वागत गर्नुभएको थियो ।