काठमाडौं, असोज १२ । राप्रपा अध्यक्ष कमल थापाले शेरबहादुर देउवाको शासन भ्रष्ट र निर्लज्ज राजनीतिको ज्वलन्त नमूना टिप्पणी गर्नुभएको छ । सरकारले अध्यादेश खारेज गरेपछिसामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै थापाले सरकारप्रति कडा आक्रोश पोख्नुभएको छ ।
देउवाले एमाले र जसपा फुटाएलगत्तै दल विभाजन अध्यादेश फिर्ता लिएकोप्रति टिप्पणी गर्दै थापाले लेख्नुभएको छ, ‘परमादेशबाट प्रधानमन्त्री नियुक्ति, त्यस्तो प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा पद नजाने आदेश, त्यतिले नपुगेर संसद बैठक अन्त्य गरेर भोलिपल्टै दल विभाजन गर्न सजिलो पार्ने अध्यादेश, दुईवटा दल फुटाएर विश्वास मत लिएपछि अध्यादेश फिर्ता। यहि हो अग्रगमन,संविधान र लोकतान्त्रको रक्षा ?’













प्रतिक्रिया दिनुहोस्