जनता टाइम्स

१२ आश्विन २०७८, मंगलवार १०:१०

संविधान र कानुनको दुहाईदिने गठवन्धन चोर बाटोबाट हिड्योः पोखरेल


काठमाडौँ, असोज १२ । नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलले वर्तनमा पाँच दलीय गठबन्धनको सरकार चोरबाटोबाट हिडेको आरोप लगाउनुभएको छ ।सरकारले हिजो आफैले ल्याएको दल विभाज सम्बन्धी अध्यादेश फिर्ता लिएको थियो ।

एमालेलाई विभाजन गर्न षड्यन्त्रमुलक तवरले पुनः शेरबहादुर देउवा नेतृत्वको सरकारले फिर्ता लिएको प्रति लक्षीत गर्दै नेता पोखरेलले आफुले ल्याएको अध्यादेशले आफैलाई गलपासो परेपछि चोबाटोबाट फिर्ता लिएको भन्दै आक्रोस जनाउनुभयो ।

उहाँले आज आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘संविधान र कानुनको दुहाईदिने गठवन्धनले आफैले ल्याएको दलविभाजन सम्वन्धी अध्यादेश आफ्ना लागि गलपासो भएसी चोरवाटोवाट फिर्तालिएछ ।’