जनता टाइम्स

१२ आश्विन २०७८, मंगलवार १२:१५

महेश बस्नेतको प्रश्न : हिजो राष्ट्रपतिलाई रबर स्ट्याम्प भन्ने र ओली सरकारको खोइरो खन्नेहरु कहाँ छन ?


काठमाडौं, असोज १२ । नेकपा एमालेका नेता तथा पूर्व मन्त्री महेश बस्नेतले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको लोकप्रिय सरकार ढाल्न विभिन्न चलखेल भएको बताउनु भएको छ ।

मूलुक र जनताका हितमा काम गर्दा केही अराजक तत्वलाई मन नपरेको हुँदा ओली नेतृत्वको सरकार ढाल्न अनेक प्रत्यन गर्ने संचारजगत देखी आफुलाई बृद्धिजीवि ठान्नेहरुले नै चलखेल गरेको बताउनुभएको हो । उहाँले सामाजिक संजालमा लेख्दै भन्नु भएको छ । हिजोका दिनमा राष्ट्रपतिलाई रबर स्ट्याम्प भन्ने र ओली सरकारको खोइरो खन्ने मिडिया बुद्धिजीवी नागरिक समाज क्वारेन्टाइन तिर बसेरहेका होलान्। ७७ दिन सम्म पनि सरकार गठन गर्न नस्कने कुनै पार्टी फोर्न आफ्नो स्वार्थ अनकुल अध्यादेश जारी गर्ने फिर्ता लिने जस्ता कार्य गर्ने सरकारको चरित्र नांगिएको समेत बताउनुभएको छ ।

उहाँले लेख्नु भएको छ–केपी ओलीको लोकप्रिय सरकार ढाल्न, नेकपा भित्रै बाट प्रधानमन्त्रीमा प्रचण्ड र अध्यक्षमा माधब नेपाललाई सिंगार पटार गरियो। उपलब्धि दिन नसक्ने काम नलाग्ने साबित भैसकेको सदन दुई पटक ब्युत्याइयो । एमाले माओबादी छुट्याइयो। धारा ७६ बाट बाट धेरै प्रयास गर्दा बन्न नसकेको देउवा सरकार परमादेश जारी गरेर बनाइयो। एमालेका सांसदहरुलाई पार्टी ह्विप नलाग्ने बनाइयो। अदालत र सभामुखबाट अरुलाई एउटा कानून एमालेलाई अर्कै कानून लागाइयो । बिश्वासको मत लिन नसके पछि चालू संसदको अधिवेशन हठात अन्त्य गरी २० प्रतिशत सांसद वा केन्द्रीय कमिटीका सदस्य मिलेर पार्टी फोर्न मिल्ने अध्यादेश ल्याएर एमाले र राजपा फुटाइयो। अढाइ महिना सम्म सरकार बिस्तार हुन नसकेपछी अनैतिक तवरले अध्यादेश फिर्ता गरियो। ओली सरकारको लोकप्रिय बजेट प्रस्तिस्थापन गर्दै कालो धनलाई सेतो बनाउने र १४ सय सडक सहित असंख्य योजना काटने अनि राज्यको श्रोत साधन कब्जा गर्ने बजेट ल्याइयो। हिजो ओली सरकार निरंकुश भयो, सेटिङमा चल्यो भन्ने प्रचण्ड भन्दैछन यो सब काम म र माधब नेपाल मिलेर गरेको हो । हिजो ओली सरकार अधिनायकवादी भयो, रुननी पाइएन भन्ने देउवा देखेर लोकतन्त्र पनि कुनामा बसेर रोइ रहेको होला। हिजो राष्ट्रपतिलाई रबर स्ट्याम्प भन्ने र ओली सरकारको खोइरो खन्ने मिडिया बुद्धिजीवी नागरिक समाज क्वारेन्टाइन तिर बसेरहेका होलान्। दिन प्रतिदिन रहस्यका पर्दा खुल्दैछन्। को रक्षक, को भक्षक जनताले चिन्दैछन।’