जनता टाइम्स

१२ आश्विन २०७८, मंगलवार १७:००

पति-पत्नी नै मिलेर कोठामै बन्धक बनाई बलात्कार


काठमाडौं, असोज १२ । घरमा बन्धक बनाई ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका १० बानेश्वर कात्यायनी चोक डेरा गरी बस्ने मोरङ बिराटनगर उपमहानगरपालिका १७ घर भएका ३९ वर्षीय निरज शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

निरज र उनकै श्रीमती ३८ वर्षीया नितु शर्मा समेतले आफ्नै कोठामा ती महिलालाई बन्धक बनाई राखेकोमा निरजले जबरजस्ती करणी समेत गरेको उजुरीपछि प्रहरीले नितु र निरजलाई पक्राउ गरेको जनाएको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।