जनता टाइम्स

१२ आश्विन २०७८, मंगलवार १९:१६

संसद चल्न सकेन, अव चुनावमै जानुपर्छ : ओली


काठमाडौं, असोज १२ । एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुक चुनावमै जानुपर्ने आफ्नो प्रष्ट बटमलाइन सुनाउनु भएको छ । एमाले बिधान महाधिवेशन प्रचार उपसमितिले काठमाडौंमा आज आयोजना गरेको सम्पादकसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले चल्नै नसक्ने प्रतिनिधिसभा कायम राखेर मुलुकको भविश्यमाथि खेलवाड गर्न नहुने र चुनावमै जानुपर्ने बताउनु भयो ।

‘संसद चलिरहेको छैन, चल्ने छाँटकाँट पनि छैन, अव ताजा जनादेश आवश्यक छ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘सत्तारुढ गठबन्धन छँदै छ, हामी मिल्नै पर्दैन, यो गठबन्धन र सरकारले चुनाव गराउँदा हुन्छ, अव मुलुकको अमुल्य समय बर्वाद बनाउनु हुँदैन, ताजा जनादेशमै जानुपर्छ ।
उहाँले ताजा जानदेशमा जाने कुरा जुनसुकै सरकारले गरेपनि अग्रगमन नै हुने आफ्नो मान्यता पनि सुनाउनु भयो ।

‘बिगतमा प्रतिगमन पनि भनियो तर हामी लोकतन्त्रमा जनताको मत लिने कुरा अग्रमगन नै हो भन्नेमा ढुक्क छौं,’ ओलीले भन्नुभयो । उहाँले अहिलेको संसदले समय खेर फाल्ने बाहेक केही नहुने पनि बताउनु भयो ।