जनता टाइम्स

१३ आश्विन २०७८, बुधबार ०७:१९

“तालिबानले अल–कायदासँगको सम्बन्ध अझै तोडेको छैन”


काठमाडौं, १३ असोज । अमेरिकी शीर्ष सैन्य अधिकारी जेनरल मार्क मिलीले अफगानिस्तानस्थित आतंकवादी संगठन अल–कायदाले एक वर्षभित्रै अमेरिकालाई धम्क्याउन सक्ने अनुमान गरेका गरेको छन्। तालिबानले ९/११ आक्रमण गर्ने अल कायदासँग सम्बन्ध तोडिनसकेको र ऊ आफैं एउटा आतंकवादी संगठनका रूपमा रहेको उनको आरोप छ।

२० वर्षदेखिको युद्ध अन्त्य गर्दै गत महिना अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता गरिएकोबारे उनी र रक्षामन्त्री लोयड अस्टिनलाई कांग्रेसमा प्रश्न गरिएको थियो। त्यही क्रममा जेनरल मिलीले त्यस्तो आशंका व्यक्त गरेका हुन्।उनले भने, ‘तालिबान एक आतंकवादी संगठन थियो र अहिले पनि छ। साथै उसले अल–कायदासँगको सम्बन्ध अझै तोडेको छैन।’