जनता टाइम्स

१४ आश्विन २०७८, बिहीबार ०९:०१

बागमती खोला किनारमा महिलाको शव भेटियो


काठमाडौं, १४ असोज । काठमाडौंको नयाँ बानेश्वरमा एक महिलाको शव भेटिएको छ ।बानेश्वर क्याम्पस नजिकै बागमती खोला किनारामा बेवारिसे अवस्थामा शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिनुभयो । शव अर्ध नग्न अवस्थामा भेटिएको छ । बागमती खोलाले बगाएर ल्याएर फलामे पुलको टेकोमा अड्केको अवस्थामा शव भेटिएको हो । शवको अहिलेसम्म सनाखत हुन नसकेको प्रहरीले बताएको छ ।महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी मिमबहादुर लामा नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको छ ।