काठमाडौं, असोज १४ । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई रेम्डिसिभिर औषधि चलाएर उपचार अघि बढाइउको छ । कोरोना संक्रमणपश्चात् बलम्बुस्थित एपीएफ अस्पतालमा उपचाररत खड्कामा निमोनिया देखिएपछि रेम्डिसिभिर औषधि चलाएर उपचार अघि बढाइएको हो ।
खड्का आफैँले शुभचिन्तकहरूलाई ‘सीटीस्क्यानमा निमोनिया देखिएको र डाक्टरले रेम्डिसिभिर औषधि चलाएको’ जानकारी दिनुभएको छ । उहाँका अनुसार अक्सिजन लेभल (ब्लड स्याचुरेसन) भने ९७ प्रतिशत छ । खड्काले आफ्नो स्वास्थ्यमा कठिनाइ भने नदेखिएको जानकारी दिनुभएको छ । तर, निमोनियाका कारण औषधि चलाइएको हो । खड्काले आफ्नो स्वास्थ्यबारे धेरैमा चासो देखिएको भन्दै ट्विटमार्फत पनि जानकारी गराउनु भएको छ ।
आफ्नो जीवनको करिब दुई घण्टा ७ मिनेटको गम्भीर स्वास्थ्य अवस्थाको अनुभवले भन्यो– कोरोनासँग लड्ने भनेको डाक्टरको नियमित परामर्श र मूलतः स्वयंको दृढ आत्मबल मुख्य औषधि रहेछ
‘होम आइसोलेसनमा सामान्य अवस्थामा बसिरहेको अवस्थामा कोभिड संक्रमणले भेटेको पाँचौँ दिनमा बिहान होमियोपेथी र एलोपेथी औषधि एकैपटक खाँदा रियाक्सन हुन गई अक्सिजन लेभल ९७ भए पनि पल्सरेट ५१ मा झर्न गई ब्लडप्रेसर ८०/६० देखि २२०/११० सम्म हुन गएकोले करिब सात मिनेट गम्भीर अवस्थामा र करिब दुई घण्टा निरन्तर असहज भएपछि डाक्टरको परामर्शमा २०५६ सालको सशस्त्र द्वन्द्वको बेला आफ्नै हातको हस्ताक्षरले पुजनीय किसनजी प्रधानमन्त्री र म गृहमन्त्रीको रूपमा मन्त्रिपरिषदमा प्रस्ताव लगी स्थापना गरेको एपीएफ कोरोना अस्पताल के कारणले हो महामारीको उपचारको रोजाइमा पर्यो,’ खडकाले भन्नुभएको छ । ‘आज गलत सन्देश प्रवाह हुन नपाओस् भनेर अप्ठेरो नमानीकन आफैँले आदरणीय अग्रज, शुभचिन्तकहरू र समस्त परिवारजनको जानकारीका लागि पाँचौँ दिन २ बजेको एपीएफ आईसीयूको रिपोर्ट, चेस्ट एक्सरे रिपोर्ट = ० (जेरो) लेभल इन्फेक्सन, प्रेसर १२०/८३, अक्सिजन लेभल ९८/९७/९६ ज्वरो = ९८. मुटु = ईको, ईसीजी सामान्य । तथापि, डा. रोशन झाजी र उहाँको टिमको सुझावअनुसार अब्जरभेसनको लागि एपीएफ कोरोना अस्पतालमा एडमिसन ।”
महामन्त्री खड्काले ‘आफ्नो जीवनको करिब दुई घण्टा ७ मिनेटको गम्भीर स्वास्थ्य अवस्थाको अनुभव पनि सुनाउनु भएको छ । उहाँले भन्नुभएको छ, ‘आफ्नो जीवनको करिब दुई घण्टा ७ मिनेटको गम्भीर स्वास्थ्य अवस्थाको अनुभवले भन्यो– कोरोनासँग लड्ने भनेको डाक्टरको नियमित परामर्श र मूलतः स्वयंको दृढ आत्मबल मुख्य औषधि रहेछ ।’













प्रतिक्रिया दिनुहोस्