बार्सिलोना, असोज १५ । पप सुपरस्टार शकिराले आफ्नो आठ वर्षीय छोरासँग बार्सिलोनास्थित एउटा पार्कमा डुलिरहँदा अचानक दुइटा बँदेलको आक्रमणमा परेको बताएकी छन्। कोलम्बियाकी यी गायिकाले आफ्नो झोला थुत्नुअघि बँदेलहरूले आफूमाथि आक्रमण गरेको र पछि रूखहरूबीच लुकेको बताइन्।
सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् बुधवार शकिराले शृङ्खलाबद्ध रूपमा त्यस्तो अनौठो भोगाइ सेयर गरेकी हुन्। च्यातिएको झोला क्यामेरातिर देखाउँदै उनले भनिन, ‘ल हेर्नुहोस् पार्कमा ममाथि आक्रमण गरेका दुइटा बँदेलले मेरो झोला कस्तो हालतमा छोडेका छन्।’ उनले थपिन, ‘तिनीहरूले मोबाइल भएको मेरो झोला रूखहरूबीच लगिरहेका थिए, तिनीहरूले सबथोक बर्बाद पारे।’
प्रतिक्रिया दिनुहोस्