जनता टाइम्स

१५ आश्विन २०७८, शुक्रबार १४:१५

सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर भूकम्प


काठमाडौं, असोज १५ । सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो १२ः५४ बजे जेथाल केन्द्रबिन्दु भएर ४।२ रेक्टर स्केलको भूकम्प गएको हो ।

उक्त भूकम्प गोरखा भूकम्पकै पराकम्प भएको केन्द्रले जनाएको छ । २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५५९ वटा पराकम्प गइसकेका छन् ।