काठमाडौं, असोज १५ । सर्वोच्च अदालतले अवहेलना मुद्दामा चारजना पूर्वप्रधानन्यायाधीशलाई सफाइ दिने फैसला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश सपना प्रधान मल्लको इजलासले पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई सफाइ दिने फैसला गरेको हो ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको कार्य संविधान विपरित भन्दै विज्ञप्ति निकालेका उनीहरूमाथि अधिवक्ताहरू लोचन भट्टराई र धनजीत बस्नेतले गतवर्षको माघ १४ गते सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दिनुभएको थियो । कानून व्यवसायी ओम अर्यालले उक्त मुद्दामा सर्वोच्च अदालतले मागदावी नपुग्ने फैसला गरेको जानकारी दिनुभयो । सर्वोच्चले वेबसाइटमा पनि पूर्वप्रधानन्यायाधीशहरू विरूद्धको मुद्दामा मागदावी नपुग्ने फैसला भएको विवरण उल्लेख गरेको छ ।













प्रतिक्रिया दिनुहोस्