जनता टाइम्स

७ असार २०७६, शनिबार १४:३८

राजस्थान सरकारको महत्वपूर्ण निर्णय : ज्येष्ठ नागरिकतलाई पशुपतिनाथको दर्शन गराउने


नयाँ दिल्ली ।

भारतको राजस्थान प्रदेश सरकारले राज्यका ज्येष्ठ नागरिकलाई हवाई जहाजमार्फत पशुपतिनाथको दर्शन गर्न ल्याउने भएको छ ।

प्रदेशमा रहेका ६५ वर्ष र त्योभन्दा माथि उमेरका नागरिकलाई निःशुल्क तिर्थयात्रामा हवाई जहाजमार्फत पशुपतिनाथको दर्शन गर्न ल्याउने भएको हो । राजस्थान प्रदेशको पर्यटन तथा तथा देवस्थान मन्त्रालयले यस्तो सुविधा दिने घोषणा गर्दै तीर्थयात्रामा जानेले आगामी जुलाई ५ भित्र आवेदन दिन सक्ने पनि बताएको छ ।

राजस्थान सरकारले संचालन गरेको वरिष्ठ नागरिक तीर्थ यात्रा योजना अनुरुप तीर्थमा जानेहरुलाई पहिलो पटक भारत बाहिर पशुपतिनाथको दर्शनमा ल्याउन लागेको हो । राजस्थान प्रदेशको पर्यटन तथा तथा देवस्थान मन्त्री विश्वेन्द्र सिंहको अध्यक्षतामा बसेको राज्यस्तरीय समिति बैठकले यस्तो निर्णय गरेको छ । त्यहाँको सरकारले यसअघि भारतभरीका तीर्थस्थलहरुमा ज्येष्ठ नागरिकलाई भ्रमण गराउँदै आएको थियो । प्रदेश सरकारले यो पटक उमेर हद पनि कम गरेको छ ।