काठमाडौं, असोज १७ । नेपाली कांग्रेसको काठमाडौं महानगर कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतपरिणाम आउन थालेको छ । साँझ ६ बजेसम्म ३०० मत गणना हुँदा महानगर सभापतिका उम्मेदवार नीलकाजी शाक्यले २१४ मत पाउनु भएको छ भने अर्का प्रत्यासी प्रगतिमान रञ्जितले ७७ मत पाएको निर्वाचन समितिले जनाएको छ ।
भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा मतगणना जारी छ । शनिबार उद्घाटन गरिएको काठमाडौं महानगरको अधिवेशनमा आइतबार मतदान भएको हो । बिहान ९ बजेदेखि दुई बजेसम्म मतदानका लागि समय तोकिएको थियो । निर्वाचनमा १३३९ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
काठमाडौं महानगरपालिकाको कांग्रेस सभापतिका लागि प्रगमिान रञ्जित र नीलकाजी शाक्य मैदानमा हुनुहुन्छ । रञ्जित र शाक्य दुबैले प्यानल बनाएरै चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको थियो । रञ्जित सभापति शेरबहादुर देउवा समूह र शाक्यलाई वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको समर्थन रहेको छ ।













प्रतिक्रिया दिनुहोस्