काठमाडौं, असोज १८ । हिन्दी कथानक चलचित्र ‘उचाइ’ छायांकनको लागि बलिउड कलाकारहरु अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा, सारिका हसन काठमाडौं आइपुग्नु भएको छ । बलिउड कलाकारहरु आज बिहान काठमाडौं आइपुग्नुभएको हो ।
अनुपमसहित इरानी, चोपडा र सारिका इन्डियन एयरलाइन्सको विमानबाट बिहान १० बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्नुभएको थियो । निर्देशक सुरज वर्जत्यसहितको कास्ट एन्ड क्रिउ टोली झन्डै ४० दिन नेपालमा रहने नेपाल व्यवस्थापन हेरेको थ्री ह्विलर्सले जनाएको छ ।
भोलिदेखि काठमाडौंबाट छायांकन सुरु हुने सो चलचित्र लुक्ला, लाङटाङ, मनाङ र मुस्ताङ लगायतमा सुटिङ गरिने जनाइएको छ । फिल्मका अन्य कलाकारहरु अमिताभ बच्चन र डेनी डेनजोङपा भने आइपुग्नु भएको छैन ।
प्रतिक्रिया दिनुहोस्