जनता टाइम्स

१८ आश्विन २०७८, सोमबार २०:५२

गोरखा कांग्रेसको सभापतिमा नन्दप्रसाद न्यौपाने सर्वसम्मत


गोरखा, असोज १८ । नेपाली कांग्रेस गोरखाको पार्टी सभापतिमा नन्दप्रसाद न्यौपाने सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज जिल्ला अधिवेशनका लागि उम्मेद्वारी दर्ताको समयभित्र न्यौपानेले मात्रै उम्मेदवारी दर्ता गराएपछि सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मत ल्याउनुभएको न्यौपाने वर्तमान पार्टी सचिव हुनुहुन्थ्यो उहाँले संस्थापनइतर समूहबाट उम्मेद्वारी दिनुभएको हो ।