नयाँ दिल्ली, १९ असोज । भारतको सर्वोच्च अदालतले कोभिडबाट मृत्यु भएका व्यक्तिका परिवारलाई ५० हजार क्षतिपूर्ति दिने निर्णय सदर गरेको छ । वकिलहरुले कोभिडबाट मृत्यु भएका व्यक्तिका परिवारलाई भारतको विपद् व्यवस्थापन कानुनअन्तर्गत दिइनुपर्ने माग गर्दै सर्वोच्चमा उजुरी गर्नुभएको थियो ।
सन् २००५ मा बनेको सो कानुनले विपद्मा मृत्यु भएमा परिवारलाई ४ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने उल्लेख छ । भारतमा कोभिडबाट अहिलेसम्म चार लाख ४७ हजार जनाको मृत्यु भइसकेको छ ।
तर सरकारले सार्वजनिक गरेको तथ्यांकभन्दा १० गुणा बढीको कोभिडबाट मृत्यु भएको हुनसक्ने विज्ञहरुले अनुमान गरेका छन् । न्यायाधीश एमआर साहले फैसला सुनाउँदै भन्नुभयो, ‘मृतकको सबभन्दा नजिकको नातेदारलाई सरकारले तोकेको क्षतिपूर्ति तिर्नुपर्नेछ ।’ एजेन्सी













प्रतिक्रिया दिनुहोस्