काठमाडौं, असोज १९ । सर्वाेच्च अदालतले चिकित्सा शिक्षा क्षेत्रका अभियन्ता प्राडा गोविन्द केसीको अदालतप्रतिको अभिव्यक्ति अशोभनीय र अराजक रहेको ठहर गरेको छ । तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि लक्षित केसीका अभिव्यक्तिले अदालतको मानहानी भएको भन्दै परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले यस्तो ठहर गरेको हो ।
सर्वाेच्चले प्राडा केसीबाट भविष्यमा शिष्ठता र मर्यादापूर्वक बोल्ने अपेक्षा पनि गरेको छ । न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र प्रकाशमानसिंह राउत रहेको बृहत पूर्णइजलासले केसीका अभिव्यक्ति अशोभनीय भए पनि मानहानी गरेको ठहर्याउन नसकिने भन्दै सफाइ दिएको छ ।













प्रतिक्रिया दिनुहोस्