जनता टाइम्स

२० आश्विन २०७८, बुधबार १७:२४

नेपालमा सुटिङ हुने बलिउड फिल्मका लागि अमिताभ बच्चन र डेनी आउँदै


काठमाडौं, असोज २० । केही दिनअघि बलिउड फिल्म उचाइको सुटिङका लागि बलिउड कलाकारहरु अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा, नीना गुप्ता, सारिका नेपाल आउनुभएको छ । यो फिल्मको लागि केही दिनमै बलिउड महानायक अनुपन खेर र अर्का कलाकार डेनी डेन्जोङ्पा पनि नेपाल आउँदै हुनुहुन्छ । सुरज बड्जात्याको निर्देशनमा बन्न लागेको यो फिल्म मित्रताका विषयमा छ । फिल्मको कथाअनुसार ४ जना पाका साथीहरु नेपालको हिमालय पर्वत श्रृंखलामा ट्रेकिङको लागि जानुहुन्छ ।

उक्त ४ जना साथीहरुको भूमिकामा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी र डेनी डेन्जोङ्पा छन् । यो फिल्मको सुटिङ समुद्र सतहबाट १३ हजार फिटको उचाइमा हुनेछ । फिल्ममा अभिनेत्री परिणिती चोपडा नेपाली गाइडको भूमिका हुनुहुन्छ । फिल्मको सुटिङ सुरु भइसकेको छ । अब केही दिनमा अमिताभ र डेनी नेपाल आउँनुहुनेछ । फिल्मको सुटिङको जिम्मेवारी सम्हालिरहनुभएको सुरज आचार्यले एक भारतीय अखबारसँग कुरा गर्दै फिल्मसम्बन्धी महत्वपूर्ण जानकारी दिनुभएको छ ।

उहाँका अनुसार फिल्मको सुटिङ ४ अक्टोबरदेखि सुरु भएको छ । नेपालमा पहिलो शेड्युल एक महिनाको छ । फिल्मको २ दिन काठमाडौंमा सुटिङ छ । एउटा महत्वपूर्ण दृश्य मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुटिङ भइसकेको छ । अब तीन दिनको लागि टिम सगरमाथाको द्वार भनिने लुक्ला जानेछ । सुरजका अनुसार फिल्ममा मूल रुपमा चार साथीहरु जोखिमपूर्ण एड्भेन्चर ट्रिपमा निस्किन्छन् । यहाँदेखि उनीहरु जीवनमा रोमाञ्चको अनुभूति चाहन्छन् ।

यो अनुभूति देखाउनको लागि विश्वकै खतरनाक मानिने लुक्लाको विमानस्थल छानिएको छ । यही विमानस्थलबाट सगरमाथा जाने बाटो सुरु हुन्छ । त्यहाँ ६ अक्टोबरदेखि ९ अक्टोबरसम्म परिणिती चोपडा, बोमन इरानी, अनुपम खेर, सारिका र नीना गुप्ताले सुटिङ गर्नुहुनेछ । लुक्लापछि पूरै टिमले नाम्चेमा सुटिङ गर्नेछ । नाम्चे समुद्र सतहबाट ४ हजार मिटर अर्थात १३ हजार फिटको उचाइमा छ । यहाँबाट सगरमाथाको पूरै दृश्य देख्न सकिन्छ । नाम्चेमा १८ अक्टोबरसम्म सुटिङ हुनेछ । त्यहाँबाट टिम मनाङ जानेछ । मनाङ ११ हजार फिटको उचाइमा छ । फिल्म ८ हजार मिटर अग्ला हिमालहरुको आसपासमा सुटिङ गर्ने योजना छ ।

फिल्ममा यी ४ पाका साथीहरुले सगरमाथाको सफल आरोहण गरेको देखाइनेछ । सुरजका अनुसार परिणिती फिल्ममा नेपाली गाइडको भूमिकामा हुनुहुन्छ । यसअघि परिणितीको फिल्म संदिप और पिंकी फरारमा पनि नेपालको ब्याकड्रप थियो । उहाँको साथमा अर्जुन कपूर पनि हुनुहुन्थ्यो । अर्जुनको फिल्म इण्डियाज मोस्ट वान्टेडको सुटिङ पनि नेपालमा भएको थियो । अहिले उचाइको लागि १५० जनाको टिम चार्टर्ड विमानमा नेपाल आएको छ । नेपालमा प्राविधिक, गाइड, टुरिस्ट गाइड, कलाकार मिलाएर ३५० जनाको टिम थपिएको छ र कूल ५०० जनाको टिमले फिल्ममा काम गरिरहेको छ ।