काठमाडौँ, असोज २१ । नेकपा(एस)ले मन्त्रालय भागबण्डामा असन्तुष्टि जनाउँदै संख्या थप्न र मन्त्रालय परिमार्जन गर्न माग गरेको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकमा मन्त्रालयको संख्या कम भएको र जसपा भन्दापनि तल्लो पार्टी बनाएको निष्कर्ष निकाल्दै त्यसबारे सत्ता गठबन्धनमा कुरा राख्ने निर्णय गरेको नेता विरोध खतिवडाले जानकारी दिनुभयो ।
बैठकमा मन्त्री संख्या ५ र एक राज्यमन्त्री पाउनुपर्ने कुरा उठेको खतिवडाले बताउनुभयो । बैठकपछि अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुग्नुभएको छ । बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्न लागेको हो । सत्तारुढ दलको मन्त्रालय भागबण्डा गर्दा नेकपा एसको भागमा ४ मन्त्रालय परेको छ ।













प्रतिक्रिया दिनुहोस्